राष्ट्रिय जनता पार्टीको प्रस्ताव दर्ता भएन | Khabarhub Khabarhub

राष्ट्रिय जनता पार्टीको प्रस्ताव दर्ता भएन


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् ।

संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको उनले बताए ।

संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेपनि दर्ता भने हुन सकेन । विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भने, ‘अहिले देशको एक भागको जनताका आक्रोशित छन् । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।’

नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागि थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रकृया अगाडी बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने बताएको छ । सोही अनुसार नेताहरु संसद सचिवालय पुगेपनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ८ : ३८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी