मुस्ताङको नेचुङमा बिओपी स्थापना | Khabarhub Khabarhub

मुस्ताङको नेचुङमा बिओपी स्थापना


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उद्घाटन गरे । सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिने बताइएको छ ।

स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने बताए ।

कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले यसै आवमा भन्सार कार्यालय पनि बनाइने बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बिओपी स्थापनासँगै सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले देशको सीमा सुरक्षाका लागि कोरलामा बिओपी स्थापना भएको उल्लेख गर्दै यसले यस क्षेत्रको सुरक्षा र आपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ प्याकेजमा आयोजना सञ्चालन भएको छ ।
सडक विस्तार, कालोपत्र र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरला र जोमसोम–छुसाङ खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ३ : २८ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई