पिताको पहिलो पुण्यतिथिमा अजय देवगनको भावुक म्यासेज | Khabarhub Khabarhub

पिताको पहिलो पुण्यतिथिमा अजय देवगनको भावुक म्यासेज


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडको चर्चित नाममा आफ्नो नाम दर्ज गर्न सफल ब्यक्तिहुन्, विरू देवगन । बलिउड अभिनेता अजय देवगनका पितासमेत रहेका विरू देवगनलाई पहिचानको कुनै परिचय आवश्यक पर्दैन । २७ मे २०१९ मा ७७ बर्षको उमेरमा निधनभएका विरु देवगन चर्चित द्धन्द्ध निर्देशक थिए ।

बुधबार विरू देवगनको पहिलो बार्षिकी थियो । जसमा अजय देवगनले इन्स्टाग्राममा पिताबारे लेखेको एउटा म्यासेज भावुक थियो । पिताको स्मरणमा अजयले भावुक हुदैं लेखेका थिए, ‘प्यारे पिताजी, एक साल हो गया है आपको हमें छोड़कर गए हुए । लेकिन मैं आपको अपने आसपास महसूस कर सकता हूं । शांत, देखभाल करने वाला, सुरक्षात्मक आप हमेशा हमारे साथ मौजूद रहेंगे ।’ अजयले इन्स्टाग्राममा पिताका साथ केहि तस्वीरहरुको एक भिडियो पनि शेयर गरेका थिए ।

अजय देवगनलाई बलिउडमा प्रवेश गराउन र अगाडी बढाउन विरुको निकै ठुलो हात थियो । अजय आफै पनि पिताका निकै निकट थिए । अजयको यस पोष्टमा उनका फ्यानले कमेन्टमा सान्त्वना दिइरहेका छन् ।

विरु देवगनले हिन्दि फिल्म रोटी कपडा और मकानबाट द्धन्द्ध निर्देशकका रुपमा काम शुरु गरेका थिए । त्यस अलवाउनले दर्जनौ फिल्ममा द्धन्द्ध निर्देशकको भुमिका निभाए । सन् १९९९ को फिल्म हिन्दुस्तानकी कसममा उनले निर्देशकका रुपमा समेत काम गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ३२ बजे

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल