के हो चिराईंतो ? किन छ उपयोगी ? | Khabarhub Khabarhub

के हो चिराईंतो ? किन छ उपयोगी ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरगाउमा चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो । यदि तपाईंमा खानाको स्वाद नआउने, ज्वरो, रुघाखोकी तथा घाउ खटिरा छ भने चिराईंतोको सेवन उपयोगी हुनसक्छ ।

यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अत्यन्त उपयोगी मानिन्छ ।

चिराईंतोलाई नेपालमा ठाउँ अनुसार अगल अलग नामले चिनिन्छ । कतै चिराइतो, कतै तिते, चरैतो, चिरैता त कनै तिक्ता नामले चिराईंतो चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्तवा किराततिक्त भनिन्छ ।

करिब आधा मिटरदेखि डेढ मिटरसम्म अग्लो हुने चिराईतो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयसम्म पाइन्छ । चिराईंतोमा चिरेटिन नामकतत्व पाइन्छ ।

जसलाई औषधीय हिसाबले महत्वपूर्ण मानिन्छ । मलेरिया ज्वरो आउँदासमेत चिराईतो ख्वाएमा बिरामी निको हुने मान्यता छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व हुन्छ । जसले कपाललाई लामो बनाउनसमेत मद्दत गर्छ ।

प्राणघातक रोग क्यान्सरका बिरामीलाई समेत महत्वपुर्ण मानिने चिराईतो औलो ज्वरोको औषधी बनाउन प्रयोग गरिन्छ । यसको स्वादभने निकै तीतो हुन्छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : ५३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई