चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना | Khabarhub Khabarhub

चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

भारतको हिन्दुस्तान टाईम्सले चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

बिहीबार परिक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हिन्दुस्तानले जनाएको छ ।

तर, चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन ।

ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टिनमा बसेको बताईएको छ ।

चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

आईपीएलको यस संस्करण युएईमा हुँदैछ । १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका छ ।

तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : १३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर