कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) दिउँसो बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका आन्तरिक तथा समसामयिक र कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, “कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमीकमजोरीहरुलाई सुधार्न सुझाव दिने र यस्तो बेला पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा छलफल हुन्छ ।”

अहिलेको समयमा सत्तारुढ दल र सरकारले जे गर्नुपर्ने त्यो भन्दा नगर्नुपर्ने काममा लागेको छ, त्यसमा प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ४८ बजे

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध