कोरोना भाइरसका थप ६ नयाँ लक्षण देखिए | Khabarhub Khabarhub

कोरोना भाइरसका थप ६ नयाँ लक्षण देखिए


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका थप नयाँ लक्षण पनि देखिएको छ । सुरुवाती लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र सास फेर्न समस्या हुने थिए ।

अहिले यो रोगका थप धेरै लक्षण पनि भेटिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाका नयाँ लक्षणको सूची जारी गरेको छ ।

सीडीसीका अनुसार कोरोनाभाइरसका तीन प्रमुख लक्षणका अलावा अन्य लक्षणहरु पनि छन् जसलाई अहिलेसम्म बेवास्ता गर्ने गरिएको छ ।

सीडीसी सूची जारी गरेका ६ नयाँ लक्षण यस्ता छन् :

१. सीडीसीका अनुसार कोरोना भाइरस संक्रमणपछि मानिसहरुलाई चिसो लाग्ने जस्तै समस्या हुन्छ । यो लक्षण बिल्कुल उस्तै हुन्छ जस्तो आम संक्रमणपछि हामीलाई रुघा लाग्छ ।

२. कोरोना संक्रमणपछि रुघाको साथै शरीर काम्ने र कठ्यांग्रिने जस्ता लक्षण पनि देखिन्छन् । चिसोका कारण शरीर कठ्यांग्रिन थाल्छ ।

३. सीडीसीले जारी गरेको लक्षणमा मांशपेशीमा पीडा हुने पनि बताइएको छ । यसअघि पनि कैयौं स्वास्थ्य विज्ञले जोर्नी दुख्ने समस्याबारे बताइसकेका छन् ।

४. कोरोना भाइरस संक्रमितलाई तीब्र रुपमा टाउको दुख्ने समस्या पनि देखिने गरेको छ । चीन र अमेरिकामा कैयौं बिरामीहरुमा यो समस्या देखिएको थियो ।

५. कोरोना संक्रमित व्यक्तिलाई घाँटीमा खसखसको पनि समस्या हुन्छ । अहिलेसम्म आएका कैयौं केसमा घाँटी दुख्ने र सुन्निने समस्या देखिएको थियो ।

६. कोरोनासंक्रमितहरु जिब्रोले स्वाद थाहा पाउँदैन । कैयौं देशमा आएका केसमा बिरामीले स्वाद पहिचान गर्न नसक्ने समस्या देखिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ३७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई