तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा | Khabarhub Khabarhub

तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ ।

भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन सदस्यीय इजलासले सबै प्रदेशमा एउटा उच्चस्तरीय समिति गठन गरी तत्काल छाड्न सकिने कैदीहरुको नामावली तयार गर्न आदेश दिएको थियो ।

उक्त समितिमा कानुन सचिव र राज्यको कानुन सेवाका अध्यक्षलाई समावेश गर्न भनिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र