लकडाउनका बेला ‘सत्यमेव जयते ३’ घोषणा, जोन अब्राहम फाइनल | Khabarhub Khabarhub

लकडाउनका बेला ‘सत्यमेव जयते ३’ घोषणा, जोन अब्राहम फाइनल


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जोन अब्राहमको हिट फिल्म ‘सत्यमेव जयते’ को सिक्वेल ‘सत्यमेव जयते २’ ले यसै वर्ष गान्धी जयन्तीको अवसर पारेर अक्टोबरमा रिलिज हुँदैछ ।

निर्देशक मिलाप फिल्मलाई लिएर उत्साहित छन् । केही समयअघि फिल्ममा समावेश जोन अब्राहमको लूक सार्वजनिक गरिएको थियो । उक्त लूकमा जोन बर्दी लगाएका थिए ।

यतिबेला फिल्म निर्देशक मिलाप जावेरीले ट्वीट गर्दै अर्को एक खबर सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्म ‘सत्यमेव जयते ३’ को कथा फाइनल भइसकेको छ ।

मिलामले ट्वीटमार्फत भनेका छन्, ‘घर बस्दाको फाइदा, सत्यमेव जयतेको कहानी पनि पत्ता लगाए, के भन्छौ जोन? जब कोरोनाको प्रभाव दुनियाँबाट हट्नेछ, त्यसपछि यसको तेस्रो सिक्वेल पनि शूटिङ हुनेछ ।’

उनका अनुसार फिल्मको तेस्रो सिक्वेल पनि बन्नेछ । उक्त फिल्ममा पनि जोनको शीर्ष भूमिका हुनेछ ।

कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण कुनै पनि नयाँ फिल्म चलेका छैनन् भने फिल्मको शूटिङ पनि भइरहेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ३३ बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड