ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु | Khabarhub Khabarhub

ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

शनिबार बलेका ६ बजेतिर कुटमिरोको रुखबाट घाँस झार्ने क्रममा लडेर घाइते भएका लिम्बुलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाने क्रममा बोटोमा नै मृत्यु भएको हो ।

यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का कृष्ण बहादुर राईको घरबाट लडेर मृत्यु भएको छ ।

छिमेक खेम बहादुर भुजेलको निर्माणाधीन घर हेर्न भनेर गएका राई सोही घरबाट लडेर घाइते भएका थिए ।

घरबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । राईको उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०८ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा