कोरोनाभाइरसः अमेरिकामा एकै दिन १९ हजार बढी नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो | Khabarhub Khabarhub

कोरोनाभाइरसः अमेरिकामा एकै दिन १९ हजार बढी नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका निकै चपेटामा छ । पछिल्लो समय संक्रमणको सबैभन्दा केश अमेरिकामा नै देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

विश्वभरीमा ६ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ५७ जना संक्रमित देखिएका हुन् । विश्वभर ३० हजार ८ सय ३९ ले ज्यान गुमाएका छन् ।

विश्वव्यापी रुपमा हेर्ने हो भने एकै दिन ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ४ सय ६८ जना उपचारपछिन निको भएका छन् भने ४ लाख ९० हजार २ सय ३४ जनाको उपचार भइरहेको जनाइएको छ । २५ हजार ५ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ०५ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य