कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने सरकारको निर्णय | Khabarhub Khabarhub

कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने सरकारको निर्णय


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी गर्ने र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । 

चीनबाट शुरु भएको कोरोनाको संक्रमण विश्वका ५० भन्दा धेरै देशमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तरयारीका लागि बैठक बोलाएका थिए । 

प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका हुन्।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ। 

समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री छन् ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र