इन्टर्नेट सुरक्षामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त 'डाकु' रहेको चिनियाँ रक्षा मन्त्रालयको भनाइ | Khabarhub Khabarhub

इन्टर्नेट सुरक्षामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त ‘डाकु’ रहेको चिनियाँ रक्षा मन्त्रालयको भनाइ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको रक्षा मन्त्रालयले फेब्रुअरी २८ तारिख अमेरिकी न्याय विभागले चीनका चार जना मुक्ति सेनालाई मुद्दा लगाएको कुराबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको अडानको ब्याख्या गरेको छ।

प्रतिरक्षा मन्त्रालयका प्रवक्ता ऊ छेनले इन्टर्नेट सुरक्षा समस्यामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त ‘डाकु’ हो भन्ने कुरामा जोड दिएका छन् ।

प्रवक्ता ऊकाअनुसार, चिनियाँ सेनाले यसबारे अमेरिकासँग गम्भीरताका साथ कुराकानी गरिसकेको छ।

इन्टर्नेट सुरक्षा समस्यामा चीनको अडान स्पष्ट भएको छ। चीन अन्तर्राष्ट्रिय इन्टर्नेट सुरक्षाको संरक्षणमा दृढ पक्ष हो।

चीन सरकारले इन्टर्नेटमार्फत कानुनको उल्लंघन गर्ने सबै तरिकाको अपराधी कारवाहीको विरोध र कानुनबमोजिम कारवाही गरिरहेको छ।

चिनियाँ सेना इन्टर्नेटमार्फत जासुसी गर्ने लगायतका कुनै पनि गतिविधिमा संलग्न भएको छैन।

चीनले अमेरिकासँग गल्ती सच्याउन र तथाकथित मुद्दा रद्द गर्न आग्रह पनि गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ४७ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको