एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै | Khabarhub Khabarhub

एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।

मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ४० बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी