कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्दा | Khabarhub Khabarhub

कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्दा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ ।

केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको हो ।

सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो ।

यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत १० जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।

केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।

दिल्ली सरकारले देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएलगत्तै कन्हैया कुमारले फास्ट ट्रायकबाट मुद्दाको सुनुवाई गर्न माग गरेका हुन् । उनले ट्विट गर्दै यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : १७ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन