राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश  | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश 


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन् ।

यही फागुन ९ गते भएको मतदानबाट ०७६ साल फागुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात जना निर्वाचित भएका थिए ।

प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : १५ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि