भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त | Khabarhub Khabarhub

भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा निर्मल लामिछाने नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले लामिछाने अध्यक्षमा नियुक्त गरेको हो । डा लामिछाने वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा क्यान्सर अस्पताल भरतपुरमै कार्यरत छन् । उनले अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका थिए ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर