कार्यकर्तालाई ओलीको जवाफ– भावनमा लागेर क्रान्ति हुँदैन | Khabarhub Khabarhub

कार्यकर्तालाई ओलीको जवाफ– भावनमा लागेर क्रान्ति हुँदैन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा लाग्दैमा क्रान्ति नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार उद्घाटन गर्दै ओलीले कार्यकर्ताहरुलाई भावनमा लागेर क्रान्ति र उपलब्धि हासिल नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी अहिले पनि वैचारिक हिसावले संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गरे । ‘वैचारिक कुराका हिसावले एक ढंगमा हामी संक्रमणकालमा नै छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘स्पस्टता विना अगाडि बढ्न सक्दैनौं । वैचारिक कुरामा बहुत स्पष्टता जरुरी छ ।’

नेकपा अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु जरुरी रहेको पनि बताए । ‘वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर अघि बढ्नु पर्छ । भविष्यतर्फ हेरेर अघि बढ्नु पर्छ,’ ओलीले भने, ‘हामी आइडोलोजिकल (वैचारिक) चपेटामा पनि छौं । त्यसबाट अड्किने होइन । त्यसलाई व्यवहार र तर्कबाट स्पष्ट पार्नुपर्छ । भावनामा लागेर क्रान्ति र उपलव्धि हासिल हुँदैन ।’

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : २४ बजे

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता