अनसनरत त्रिपाठीको जीवन रक्षा गर्न माग गर्दै देउवा, पौडेल र सिटौलाको मोबाइलमा म्यासेज | Khabarhub Khabarhub

अनसनरत त्रिपाठीको जीवन रक्षा गर्न माग गर्दै देउवा, पौडेल र सिटौलाको मोबाइलमा म्यासेज


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी कार्यालय सानेपामा अनसन बसिरहेका नेपाल विद्यार्थी संघका नेताको जीवन रक्षाको माग गर्दै शीर्ष नेताहरुको मोबाइलमा म्यासेज पठाइएको छ ।

अनसनरत विद्यार्थी नेताको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मोबाइलमा म्यासेज पठाइएको हो ।

सानेपामा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी तीन दिनदेखि आमरण अनशनमा बसेका छन् र उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि जीवन रक्षाको माग गर्दै एसएमएस पठाइएको हो । देशभरका नेविसंघका नेताहरुले पार्टीका शीर्ष नेतालाई एसएमएस गर्दै दवाव दिन शुरु गरिएको हो ।

‘नेविसंघको विधान, गरिमा र इतिहास जीवित राखियोस् । सत्याग्रही नवराज त्रिपाठीको जीवन रक्षा गरियोस्’ लेखिएको म्यासेज शीर्ष नेताहरुलाई पठाइएको हो ।

विधान अनुसार ३२ वर्षीय उमेर हद लागू गर्नुपर्ने लगायतका माग राख्दै लामो समयदेखि नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूह लामो समयदेखि सानेपामा रिले अनसन बसिरहेको थियो । तर सभापति देउवा र पार्टीका असन्तुष्ट पक्षबीच ५० वर्षीय राजीव ढुंगानाको नेतृत्वमा नेविसंघको नेतृत्व गठन गर्ने तयारी भएपछि रिले अनसन आमरण अनसनमा परिणत भएको थियो ।

नेविसंघका निवर्तमान महामन्त्रीकाफ्लेले आफूहरुले कांग्रेसभित्र आलोचनात्म चेज जीवित छ भन्ने प्रमाणित गर्नका लागि अहिले आन्दोन भइरहेको जनाए ।

‘हामी काँग्रेस भित्र आदर्शको पुनर्जीवन चाहन्छौं, काँग्रेस भित्र पनि “हिम्मत र सहास” जीवित छ, काँग्रेस भित्र पनि “आलोचनात्मक चेत” जिवित छ भन्ने प्रमाणित गर्न चाहन्छौं ‘ उनले भने ।

ढुंगानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति बनाउने र त्यसले छ महिनाभित्र नेविसंघको ११ औं महाधिवेशन गर्ने गरि कांग्रेसले जिम्मवारी दिने तयारी गरेको छ ।

गत सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठकका समयमा संस्थापन र काफ्ले समूहका विद्यार्थी नेताहरुबीच कुटाकुट नै भएको थियो । दिनभर जसो रणमैदान बनेको सानेपामा बेलुका नेताहरुको गाडीसमेत तोडफोड भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ४३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला