दुई औंलामै अट्ने स्मार्ट फोनको संसारभर चर्चा | Khabarhub Khabarhub

दुई औंलामै अट्ने स्मार्ट फोनको संसारभर चर्चा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मार्ट फोन उत्पादक कम्पनीहरुबीच कत्रो स्मार्ट फोन बनाउने भन्ने होडबाजी चलेको छ ।

पछिल्लो केहि वर्षदेखी स्मार्टफोन उत्पादकहरु ठूलो स्क्रीनवाला स्मार्टफोनमा केन्द्रित भइरहेका  छन । तर जापानको स्मार्टफोन राकुटेनले भने दुई औंलामा नै राख्न सकिने स्मार्टफोन बनाएर सबैलाई चकित बनाएको छ ।

कम्पनीले यस फोनलाई राकुटेन मिनी नाम दिएको छ । राकुटेन मीनी स्मार्टफोनमा कम्पनीले ३.६ इन्चको डिस्प्ले दिएको छ । जसमा ७२०×१२८० पिक्सलको एचडी रेज्युलुसन दिइएको छ । यसको आकार अत्यन्तै सानो छ ।

यस फोनको डायमेशन ५३.४×१०६.२×८.६ एमएम रहेको छ जसको तौल मात्रै ७९ ग्राम मात्र छ । राकुटेन मीनी स्मार्टफोन निकै नै कम्प्याक्ट साइजको स्मार्टफोन हो ।

राकुटेन मिनी स्मार्टफोनमा कम्पनीले क्वालकम स्न्यापड्रयागन ४३९ चिप सेट लगाएको छ । यस फोनमा ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ । रिर्पोटअनुसार यस फोनमा मेमोरी कार्डको लागी कुनै स्लट दिईएको छैन् । यस फोनमा कम्पनीले १,२५० एमएएच पावरको ब्याट्री लगाएको छ ।

राकुटेन मिनी स्मार्टफोनको मुल्यको २१ हजार ८ सय येन रहेको छ । यो फोन सेतो, रातो र कालो रंगमा उपलब्ध छ ।

 

 

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २१ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको