एपेन्डिसाइटिसबाट कसरी जोगिने, यस्ता छन् लक्षण र उपचार विधि | Khabarhub Khabarhub

एपेन्डिसाइटिसबाट कसरी जोगिने, यस्ता छन् लक्षण र उपचार विधि


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेटको दाहिनेतर्फ मुनिपट्टी रहेको थैली आकारको अंगलाई एपेन्डिक्स भनिन्छ । जब एपेन्डिक्स सुनिन्छ यसलाई एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ । यो जुनै उमेरका मानिसलाई पनि हुने गर्दछ । एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ ।

एपेन्डिसाइटिसको लक्षण

एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै नै दुख्छ । यो दुखाई पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ । खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा समेत यसको दुःखाई बढ्ने गर्दछ । यस्तो बेला खाना अरुचि हुने, ज्वरो आउँने, पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ ।

उपचार

एपेन्डिसाइटिसको उपचार ढिला भएमा गम्भीर समस्या आउन सक्छ । कतिपय अवस्थामा एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ । यस्तोमा तत्काल चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ । साथै पेटको क्याभिटी पनि सफा गर्नुपर्छ । यसको उपचार भनेकै शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु रहेको चिकित्सकहरु बताउँछन ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ४० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा