प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर कलंकको टीका लगाए: प्रचण्ड | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर कलंकको टीका लगाए: प्रचण्ड


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन्।

सोमबार पेरिसडाँडामा जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा हिँडेकाले पार्टीभित्र विभाजन आएको दाबी गरे । उनले संविधान, संघीयता र गणतन्त्रको पक्षमा लड्ने मुद्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जित्ने पनि दाबी गरे ।

‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो, त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो,’ प्रचण्डले भने, ‘नेकपामा विभाजन आउनुको कारण उहाँ नै हो ।’

साथै उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गरेर कलंकको टीका लगाएको पनि आरोप लगाए ।

‘संविधानविपरीत उहाँले संसद विघटन गरेर हामीलाई त्यसको विरोधमा सडकमा आउनुपर्ने गराउनु भयो। उहाँलाई धन्यवाद दिन्छु किनकि हामीलाई जनतासामू जाने मुद्दा दिनुभयो,’ उनले भने ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ५४ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी