संसद विघटनको विरोध गर्दै सडकमा कांग्रेस, आज देशभर प्रदर्शन | Khabarhub Khabarhub

संसद विघटनको विरोध गर्दै सडकमा कांग्रेस, आज देशभर प्रदर्शन

काठमाडौँमा कहाँ कहाँ कुन समयमा हुँदैछ प्रदर्शन ?


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ ।

प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज गएका छन् भने मीनेन्द्र रिजाल झापा पुगेका छन् । अन्य नेताहरु पनि सम्बन्धित क्षेत्रमा पुगेको तथा केही पुग्ने क्रममा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले काठमाडौंमा कहाँ–कहाँ हुँदैछ प्रदर्शन ?

कांग्रेसले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

क्षेत्र नम्बर १

– दिउँसो १ बजे,  नयाँ बानेश्वर होटल एभरेस्ट अगाडि ।

क्षेत्र नम्बर २

– दिउँसो १ बजे कोटेश्वर चोक।

क्षेत्र नम्बर ३

–  दिउँसो १ बजे जोरपाटी चोक ।

क्षेत्र नम्बर ४

–  दिउँसो १ बजे नारायण चौर नक्साल।

क्षेत्र नम्बर ५

–  दिउँसो १ बजे नारायण गोपाल चोक  महाराजगन्ज ।

क्षेत्र नम्बर ६

 दिउँसो १ बजे मनमैजु लोकतान्त्रिक चोक।

क्षेत्र नम्बर ७

– दिउँसो १ बजे बालाजु चोक ।

क्षेत्र नम्बर ८

 दिउँसो १ बजे बसन्तपुर डबली ।

क्षेत्र नम्बर ९

– दिउँसो १ बजे कलंकी चोक ।

क्षेत्र नम्बर १०

 दिउँसो १ बजे कीर्तिपुर बजार ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५५ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११