निरन्तर रुघाखोकीले सतायो भने यस्ता उपाय अपनाउनुहोस् | Khabarhub Khabarhub

निरन्तर रुघाखोकीले सतायो भने यस्ता उपाय अपनाउनुहोस्


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यतया चिसो मौसममा रुघाखोकी बढी नै लाग्ने गर्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क समेत लाग्छ ।

यस्ता उपाय अपनाउनुस् खोकी चट्

मह र मरिचः कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ । महले एन्टिइम्फ्लामेटरीको काम गर्छ । कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र खोकी लाग्छ । अदुवाको टुक्रा महमा चोपेर चुसेमा कफसँगैको खोकीमा राहत मिल्छ ।

मरिचको सेवनले कफको प्रवाहलाई उत्तेजित पार्छ र बन्द भएको नाक पनि खुल्छ । समस्या भएको बेला एक चम्चा कालो मरिच र एक चम्चा महको पेस्ट बनाउने । त्यसमा थोरै पानी मिलाएर केहि समय उमाल्ने । यस मिश्रणको चिसो भएपछि दिनभरीमा थोरै थोरै गरेर पिउँदा फाइदा गर्छ

प्रशस्त मात्रामा तरल पदार्थको सेवनः खोकी लागेका प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ । यसको साथै तरल पदार्थको सेवनले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ । त्यसैले पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

नुन पानीले गार्गलः कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले खोकी निको हुन्छ ।

सरसौको बिजः कफसँगैको खोकीको प्राकृतिक उपचारमा सरसौको बिजको उपयोग पनि लाभदायक हुन्छ । सरसौको बिजमा सल्फर पाइन्छ । जसकारण कफको प्रवाहलाई कम गर्न सहयोग गर्छ । खोकीको समस्या भएमा एक चम्चा सरसौको बिजलाई एक कप तातो पानीमा भिजाउने । कफ निस्कने खोकीबाट दिक्क हुनुभएको छ भने नियमित सरसौ भिजाएको पानी पिउनुहोस ।

कागतीः कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ । यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ । कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिएमा निको हुन्छ । चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ३८ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव