६ वर्षपछि बाहिरियो मृत्युको कारण, महिनौसम्म फटेंग्रा खुवाउँदा ज्यान गयो | Khabarhub Khabarhub

६ वर्षपछि बाहिरियो मृत्युको कारण, महिनौसम्म फटेंग्रा खुवाउँदा ज्यान गयो


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका एक ब्यक्तिको मृत्यु पर्यन्त गरिएको अनुसन्धानमा एक रोचक तथ्य बाहिरिएको छ । ती ब्यक्तिको मृत्युको सयौं बर्षपछि गरिएको अनुसन्धानमा उनका आफन्तलाई उनलाई महिनौंसम्म फटेंग्रा खुवाएको तथ्य बाहिरिएको हो ।

करीब १००० देखि १४०० बर्षअघि मृत्यु भएका ती ब्यक्तिको संरक्षित शरीरको अवशेष ’ममी’ माथि भएको अनुसन्धानमा उनका परिवारजनले उनलाई महिनौसम्म फटेंग्रा खुवाएको पत्ता लागेको हो । जसबाट उनको दर्दनाक मृत्यु भएको थियो । उनको मृत्युको कारण भने कब्जीयत रहेको थियो ।

वैज्ञानिक तथा चिकित्सकको टोलीले ती ब्यक्तिको बचेको अवशेषको अध्ययन गर्दा उनलाई छागस नामक रोग रहेको पत्ता लाग्यो । जसका कारण मृतकको पेट सुन्निएर ६ गुणा ठुलो भएको थियो । यति धेरै मात्रामा पेट सुन्निएपछि उनको पाचन शक्ति सकियो र ती ब्यक्ति कुपोषित बन्न पुगे । ती ब्यक्ति मर्नुअघि यति कुपोषित भएका थिए कि उनी हलचल समेत गर्न सक्दैन थिए ।

मृतकको मृत्युबारे अनुसन्धानमा जुटेका नेब्रास्का लिंकन विश्वविद्यालयका प्रोफेसर कार्ल रेनहार्डका अनुसार ती ब्यक्तिको पाचनशक्ति बिग्रिएपछि उनलाई आफन्तले फटेंग्रा खुवाए ।

सायद आफन्तले उनलाई निको पार्ने उदेश्यले फटेंग्रा खुवाए तर ती ब्यक्तिको मृत्यु भने सोही कारणले भयो ।

ती ब्यक्तिको अवशेष गाय स्काइल्स नामक एक ब्यक्तिले सन् १९३७ मा भेटेका थिए । यसलाई सन् १९६८ सम्म एक सानो म्युजियममा राखिएको थियो । पछि इन्स्टिट्यूट अफ टेक्सन कल्चरको रिसर्च सेन्टरमा ल्याइयो । उनको अवशेषको सन् १९८० र १९८६ मा अनुसन्धान भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ३८ बजे

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध