बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ | Khabarhub Khabarhub

बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए । कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उहाँले जानकारी दिए ।

वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।”

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ३७ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार