संसद अधिवेशन चाँडै बोलाउन कांग्रेस नेता सिंहको माग | Khabarhub Khabarhub

संसद अधिवेशन चाँडै बोलाउन कांग्रेस नेता सिंहको माग


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले संसद चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका हुन् ।

उनले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको बताए ।

‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ ।’

नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए ।

ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोप समेत लगाए ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले छिटो नेपाली कांग्रेसको महाधिवेशन गरी योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १२ : १८ बजे

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री