दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश-१ को सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको गडी गाउँपालिका– ३ स्थित भित्री सडक खण्डमा प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक गडी– ४ का २७ वर्षीय सुवास साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा पनि ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

स १ त ५७९७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रु १६ वर्षीय किशोर हिक्मत नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ०५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर