नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज | Khabarhub Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।

महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो ।

सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको छ ।

कुनै विवाद नआए मतपरिणाम पनि शनिबार राति नै आउने निर्वाचन समितिले जनाएको छ ।

महासंघको वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् ।

गोल्छा अध्यक्ष भएसँगै रिक्त रहने उक्त पदसहितका विभिन्न ६४ पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ३९ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना