वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या | Khabarhub Khabarhub

वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ ।

राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो ।

यसअघि सन् २०१० र २०१२ मा पनि चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् ।

जारिफले हत्यामा इरारायलको संलग्नता हुन सक्ने जनाएका छन् ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं।’

उनले त्यसको बदला लिने पनि चेतावनी दिएका छन्।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ०८ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण