प्रिमियर लिगमा न्युकासल युनाइटेड विजयी | Khabarhub Khabarhub

प्रिमियर लिगमा न्युकासल युनाइटेड विजयी


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको हो ।

क्रिस्टलको मैदानमा न्युकासललाई जित दिलाउन कलुम विल्सन र जोलिनटनले एक/एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट भित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो ।

खेलको ८८औँ मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।

खेलको ९०औँ मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई २-० को जित दिलाए । उनको यो पहिलो प्रिमियर लिग गोल हो ।

जितसँगै न्युकासलले १० खेलमा १४ अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ । क्रिस्टल १३ अंकका साथ १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ३१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र