कतार फर्किनका लागि अनुमति पत्रको म्याद थप्न सकिने | Khabarhub Khabarhub

कतार फर्किनका लागि अनुमति पत्रको म्याद थप्न सकिने


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कोरोना महामारीका कारण कतार बाहिर रहेका आप्रवासी श्रमिक लगायत अन्य नागरिकलाई चाहिने अनुमति पत्र (इन्ट्री परमिट)को म्याद थप्न सकिने भएको छ ।

परमिट निकाले जस्तै कतार पोर्टलको वेबसाइट मार्फत निवेदन दिई म्याद थप गर्न सकिने र यो सुबिधाबाट इन्ट्री परमिट निकालेको एक महिना भित्र विभिन्न कारणले कतार फर्कन नसकेका आप्रवासी नागरिकहरुले लाभ लिन सक्ने छन् ।

एक पटक जारी गरिएको प्रवेश अनुमतिको म्याद ३० दिनसम्म मान्य हुन्छ । म्याद सकिएका व्यक्तिले ३० दिनसम्मको लागि म्याद थप गर्न सक्ने हुकुमी कतारले ट्वीटर मार्फत जानकारी दिएको छ।

कतारमा पछिल्लो २४ घण्टामा २५० जनालाई संक्रमण पुष्टी भएको छ भने २६७ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार ९३९ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २८ हजार ८८४ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २३० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण कतारमा १८ नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित भन्ने भन्ने आधिकारिक तथ्याङक दूतावाससंग पनि छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ५१ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन