देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने पक्रिया थालिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री ज्ञवालीले सो घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका हुन।

बुधबार नै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै उक्त घटनाबारे ध्यानाकर्षण गराएकी थिइन।

अन्सारीले देहरादूनको उक्त आश्रममा रहेका बालबालिकाहरूमाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

सोही ट्विटको जवाफ दिँदै मन्त्री ज्ञवलीले लेखेका छन, ‘ध्यानाकर्षणका लागि धन्यवाद। सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ।’

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ०१ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार