अलपत्र किशोरीको उद्दार | Khabarhub Khabarhub

अलपत्र किशोरीको उद्दार


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ ।

पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् ।

गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो ।

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताए ।

उद्दारका लागि सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लबका लेखबहादुर पुनलगायतको टोली लुलाङ पुगेका थिए । लुलाङका युवा रेशमबहादुर विक, वडाध्यक्ष गमप्रसाद विक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतीको उद्दारमा सहजीकरण र समन्वय गरेका थिए ।

जयन्तीलाई बुबा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाएका हुन् । जयन्तीको पढाइमा क्लबले सघाउने जनाएपछि अभिभावकले पढाउने प्रतिबद्धता जनाएका छन् । जयन्तीले ताकम, मुना र लुलाङमा मागेर खाने र बस्ने गरेकी थिइन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ३४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम