जनता समाजवादीका सक्रिय कार्यकर्ताले लेवी तिर्नुपर्ने | Khabarhub Khabarhub

जनता समाजवादीका सक्रिय कार्यकर्ताले लेवी तिर्नुपर्ने


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ ।

नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ ।

गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो भने गएको आसारमा निर्वाचन आयोगबाट मान्यता समेत प्राप्त गरिसकेको छ ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुले १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।

प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेवी बुझाउपर्ने छ भने पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त भएका व्यक्तिहरुले पनि तोकिएको लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ ।

पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।

सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय रहेको छ, जसमा दुई सीट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय रहेको छ भने संघीय परिषद् ११०१ र राजनीतिक समिति १५१ सदस्यीय रहने विधानमा उल्लेख छ ।

राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद रहेका छन् । एक जनाले एक ठाउँमा मात्र लेवी तिर्नुपर्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : २२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम