हास्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण | Khabarhub Khabarhub

हास्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूमा सामान्य लक्षण देखिएको र बिहीवारदेखि होम आइसोलेसनमा बसेको बताएका छन् ।

‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ,’ गजुरेल भन्छन्, ‘आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिए पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’

गजुरेलले आफ्ना दाइ र आफू संक्रमित भएको पुष्टि भए पनि छोराछोरीमा कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन, त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,’ उनी भन्छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : ३५ बजे

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।