च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो ।

खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ५३ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी