बजारमा फेरि भेटिए मापदण्ड विपरीतका सेनिटाइजर | Khabarhub Khabarhub

बजारमा फेरि भेटिए मापदण्ड विपरीतका सेनिटाइजर


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो।

गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरेको छ।

त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ।

यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो।

कोरोनाभाइरस महामारीपछि सेनिटाइजरको माग धेरै छ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १० : १० बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार