कुमार थापाको शव साउदीमा ४ महिनादेखि अलपत्र | Khabarhub Khabarhub

कुमार थापाको शव साउदीमा ४ महिनादेखि अलपत्र



दोहा- वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ ।

साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ ।

साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोकेर आफन्तलाई खोज्ने प्रयास गरिरहेको प्रबासी नेपाली समन्वय समितिका बाह्य सम्पर्क संयोजक नारायण पासवानले जानकारी दिए ।

प्रहरीले नेपाली दूतावासमा थापाले आत्महत्या जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको सम्पर्क संयोजक पासवानले बताएका छन् ।

उनले गत मे महिनामा आत्महत्या गरेपनि अहिलेसम्म आफन्तको पहिचान नहुँदा ४ महिनादेखि शव साउदीमा अलपत्र परेको पासवानले बताए ।

मृतक थापा गैरकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको पहिचान गर्न थप समस्या भएको छ भने हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृतकको बारेमा जोकोहीलाई जानकारी भए नेपाली दूतावासमा सम्पर्क आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र