बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गौतम निवास भैसेपाटी पुगेका छन् ।

प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि छन्।

ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबी विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल-नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले चाँडाे एकता महाधिवेशन गरेर अध्यक्ष तथा साढे दुई वर्षपछि निर्वाचन गराएर प्रधानमन्त्री पद छोड्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४३ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।