स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित | Khabarhub Khabarhub

स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६ जना रहेका छन्।

जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई महिला तथा अर्जुनचौपारी गाउँपालिकाका चार जना पुरुष, वालिङ नगरपालिकाका एक जना पुरुष रहेका छन्।

त्यसैगरी, बागलुङको निसीखोला गाउँपालिकाका पाँच जना पुरुष र वरेङ गाउँपालिकाका एक जना पुरुष रहेका छन्।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४७ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको