क्लोप वर्ष प्रशिक्षक घोषित | Khabarhub Khabarhub

क्लोप वर्ष प्रशिक्षक घोषित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिमियर लिग च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गन क्लोप वर्ष प्रशिक्षक घोषित भएका छन् । सोमबार लिग म्यानेजर एसोसियसनले क्लोपलाई वर्ष प्रशिक्षक घोषित गरेको हो ।

प्रिमियर लिगका प्रशिक्षकहरुको संस्थाले हरेक वर्षको लिगको सिजन सकिएपछि एक जना उत्कृष्ट प्रशिक्षकलाई सम्मानित गर्दै आएको छ ।

क्लोपले ३० वर्षपछि लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाएका हुन् । उनकै नेतृत्वमा लिभरपुलले यो सिजनको प्रिमियर लिगको उपाधि उचालेको हो । म्यान्चेस्टर युनाइटेडका पर्व प्रशिक्षक सर एलेक्स फर्गुसनिले क्लोपले वर्ष प्रशिक्षकको उपाधि पाउने योग्य व्यक्ति भएको प्रतिक्रिया दिएका छन् ।

यो सिजनको च्याम्पियन बनेको लिभरपुलले ७ खेल बाँकी हुँदै च्याम्पियन बनेको थियो । क्लोप सन् २०१५ मा जर्मन बुन्डेसलिगाको डर्टमन्डबाट प्रिमियर लिगठ क्लब लिभरपुलको प्रशिक्षकको जिम्मेवारीमा बेलायत आएका थिए ।

उनी आउँदा लिभरपुल लिगको मध्य तालिमा रहेपनि यो सिजनमा उनले क्लबलाई च्याम्पियन बनाउन सफल भएका हुन् । अघिल्लो सिजनमा क्लोपको टिम युइएफए च्याम्पियन्स लिगको ट्रफी उचालेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : १२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र