दुहुको पहिरोमा २ जना बेपत्ता | Khabarhub Khabarhub

दुहुको पहिरोमा २ जना बेपत्ता


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुला जिल्लाको दुहु गाउँपालिकाको वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर माथिबाट घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीय इन्द्रा जोशी बेपत्ता भएको उनका २१ वर्षीय छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली बिहान ६ बजे घटना स्थलतर्फ गएको प्रहरी निरीक्षक जोशीले बताए । रमेश खत्रीबाट

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ३७ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई