दाङमा देखिएको सलहले बालीनालीमा असर पुर्‍याएको छैन : कृषि केन्द्र | Khabarhub Khabarhub

दाङमा देखिएको सलहले बालीनालीमा असर पुर्‍याएको छैन : कृषि केन्द्र


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-  दाङमा देखिएको सहलको झुण्ड सानो रहेको र हालसम्म बालीनालीमा खासै असर नपुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको केन्द्रले बताएको हो ।

शनिबार राति वत्तिको उज्यालोमा स्थानीयले सलह किरा जस्तो देखेपछि संकलन गरेका थिए । आइतबार कृषि ज्ञान केन्द्रको टोली स्थलगत रुपमा पुगेर किराको अध्ययन गरेको थियो।

कृषि प्राविधिक टोलीले स्थानीयले संकलन गरेको किरा सलहनै भएको पुष्टि गरेको हो ।

प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको थियो।

शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखिएको थियो।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ४६ बजे

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र