सलह कीराबारे बुझ्न प्रदेश अन्तर्गतका प्राविधिक टोली फिल्डमा | Khabarhub Khabarhub

सलह कीराबारे बुझ्न प्रदेश अन्तर्गतका प्राविधिक टोली फिल्डमा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिवार बिहान भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि त्यसको न्युनीकरणमा सरकार अघि बढेको छ ।

शनिवार बिहान ८ बजेतिर बारा जिल्लामा सलह कीरा देखिएको थियो । यी कीरा झुण्डमा बाडिएर फरक फरक जिल्लातर्फ प्रवेश गरिरहेका छन् । हिजो मात्रै करिब २ घण्टाको फरकमा कीराहरु पर्सा, रुपन्देही, सर्लाही, सिन्धुली लगायतका जिल्लामा पुगेका थिए ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सलह कीराको नेपालमा प्रवेश गरेपछि तत्काल शनिवार दिउसो भर्चुअल बैठक राखेको थियो । जसमा यस कीराको न्युनीकरणका लागि तत्काल केके गर्न सकिन्छ भन्ने बारे समेत छलफल भएको सलह कीरा आगमन तथा व्यवस्थापनसम्बन्धी प्राविधिक कार्यदलले जनाएको छ ।

प्रदेश मन्त्रालय अन्तगर्तका प्राविधिकहरु सलह कीराबारे बुझ्नका लागि फिल्डमा खटिरहेको कार्यदलका संयोजक सहदेव प्रसाद हुमागाइले खबरहबलाई जानकारी दिए ।

कीराको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालित भइसककेका छन्, उनले भने, बेलुकासम्म प्राविधिकमार्फत सबै रिपोर्टहरु आइपुग्छ । त्यससँगै कति जिल्लामा पुगे र कुन समय कहाँ यसको न्युनीकरण गर्ने भन्नेबारे अघि बढ्ने छौं ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २४ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको