उसु खेलाडी वाइवाको निधन | Khabarhub Khabarhub

उसु खेलाडी वाइवाको निधन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि १८ औं एसियन गेम्समा सहभागि भएका उसु खेलाडी वीरमान वाइवाको निधन भएको छ । काभ्रेस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा वाइवा मृतक भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘शनिबार राति अभ्यास गरेर घर आएपछि खाना खाएर सुतेका थिए । तर, बिहान ढिलासम्म नउठेपछि किन ढिला उठ्यो भनेर जाँदा मृत भेठिएका हुन्,’ वाइवाको पारिवारिक स्रोतले भन्यो, ‘राति सुत्दा सामान्य अवस्थामै थिए । तर, बिहान उठ्दा मृत्यु भइसकेको रहेछ ।’

वाइवा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए ।

एसियन गेम्सको छनोट प्रतियोगिताका रुपमा रहेको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनी एसियन कपका लागि छनोट भएका थिए ।

उसुभन्दा अगाडि उनी नेपाल क्योकुशिन फुल कन्ट्याक्ट् कराते खेलाडी रहेको उनका सहकर्मी किरण सिंह साउदले बताएका छन् । वाइवा तेकोसिन करातेमा नेपालबाट १० पटकभन्दा बढी च्याम्पियन रहिसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ३६ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव