सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न | Khabarhub Khabarhub

सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीको मातातिर्थमा सञ्चालित गुल्मपति तथा स्टाफ तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक कार्यक्रमका तालिम समापन गरेका हुन् ।

उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रशिक्षकहरुलाई समेत प्रसंशापत्र प्रदान गरे ।

महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको विशेषा महत्व रहको चर्चा गर्दै यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी कर्मचारीको बृत्ति विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृहरुले मातहतका कर्मचारीहरुलाई समेत सिकाउँदै सामुहिक भावनाकासाथ राज्य र संगठनले सोचे अनुरुपको लक्ष्य प्राप्तीमा क्रियाशील रहनुपर्ने उल्लेख गरे ।

गत फागुन २० गतेबाट संचालन भएको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक बिश्वराज योञ्जन सर्वप्रथम भए भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनबहादुर पाण्डे उत्कृष्ट बनेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : २१ बजे

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू