कोरोना संक्रमणको जोखिम बढेपछि चीनमा १२ दिनमा ६६ लाखको स्वाब परीक्षण | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिम बढेपछि चीनमा १२ दिनमा ६६ लाखको स्वाब परीक्षण


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा फेरि संक्रमणको जोखिम बढेपछि १२ दिनमा ६६ लाखभन्दा बढीको स्वाब परीक्षण गरिएको छ ।

संक्रमणको उद्भव मानिएको वुहानमा कोरोना भाइरसको महामारी दोहोरिन सक्ने जोखिम बढेको भन्दै पछिल्लो १२ दिनमा ६६ लाख ८० हजार मानिसको स्वाब परीक्षण गरिएको जनाइएको छ ।

ब्लुम्वर्ग न्युजका अनुसार परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ ।

वुहानमा १ करोड १० लाख मानिसमा कोरोना भए नभएको थाहा पाउन भन्दै त्यहाँ १२ मेदेखि नै स्वाब परीक्षण सुरू गरिएको छ ।

कोरोना महामारी अन्त्य भएको घोषणापछि त्यहाँ ७६ दिन लामो लकडाउन खुला गरिएको थियो । लकडाउन हटाइएपछि त्यहाँ फेरि नयाँ संक्रमित भेटिन थालेपछि परीक्षण तीव्र पारिएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ३६ बजे

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा