प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने धनुषाका २९, महोत्तरीमा १७ , सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् । हिजो राैतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजय कुमार झाले प्रदेश २ मा ७६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरे ।

‘प्रदेश २ मा आज बिहान मात्र ७६ जनाका कोरोना संक्रमित थपिएका छन् । उहाँहरु धनुषाका २९,महोत्तरीमा १७,सप्तरीमा १४, सर्लाहीका ७, सिराहाका ६ र रौतहटका ३ जना हुनुहुन्छ,’ डा झाले खबरहबसँग भने, ‘उहाँहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।’

डा झाका अनुसार यो सँगै प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ । जसमध्ये ९७ जना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ ।

यसअघि हिजोमात्र ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजै कोरोना संक्रमित एक जनाको निधन भएको थियो ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो । उनको निधनसँगै नेपालमा कोरोना संक्रमित पाँच जनाको निधन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ३८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको