राष्ट्रिय युवा स‌ंघ नेपालले भन्यो- संगठनले उजुरी, नाराबाजी गरेको छैन् | Khabarhub Khabarhub

राष्ट्रिय युवा स‌ंघ नेपालले भन्यो- संगठनले उजुरी, नाराबाजी गरेको छैन्


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय युवा स‌ंघ नेपालले सांगठनिक रुपमा कुनै उजुरी र नाराबाजी नगरेको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एक विज्ञप्ति जारी गर्दै संगठनको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘विभिन्न समाचार माध्यममा संगठनको नाममा उजुरी, नाराबाजी भएको भन्ने सुन्न आएकोप्रति गंम्भिर ध्यानाकर्षण भएको छ ।’

संयोजक सापकोटाले मुलुक लकडाउनमा रहेको र कोरोनासॅग लडिरहेको परिस्थितिमा संगठनले हुलहुज्जत गर्ने र नाराबाजी गर्ने काम गर्न नसक्ने र गर्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रै पार्टी नेतृत्वमा रहेको सरकार र कानुन पालना गर्न सहयोग गर्नुपर्छ भन्ने ठान्दछु। कानुन उलंघन वा मुलुकविरूद्द केही गतिविधि हेर्ने राज्यको आफ्नै निकाय छ । त्यसलाई विस्वासनीय बनाउन सहयोग गर्नुपर्नेमा तोड्ने कामप्रति सहमत हुनै सकिन्न ।’

सापकोटाले कोही व्याक्तिले संगठनको नाममा यस्ता कार्यहरूमा संलग्न भए त्यो उसको नीजि विषय भएको बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २९ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य